- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्थाले प्रदेश नं.५ को काेराेना राहत कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रेम बहादुर पाठक तथा सञ्चालक कृष्णप्रसाद गौतमले सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाईरस(कोभिड–१९) राहत कोषमा साढे ६ लाख रुपैयाँ सहयोग गर्ने सन्दर्भमा उक्त प्रदेशलाई सो मात्राको सहयोग गरेको हो ।