×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको सामाजिक कार्य : कोरोना उपचार कोषमा एक करोड २ लाख रुपैयाँ सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकको सामाजिक कार्य : कोरोना उपचार कोषमा एक करोड २ लाख रुपैयाँ सहयोग

Artha Sarokar

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एभरेष्ट बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई ६ लाख रुपैयाँ गरी ४२ लाख र केन्द्रिय सरकारलाई ६० लाख रुपैयाँ गरी उक्त रकम हस्तान्तरण गरेको हो ।
कोषको रकम लक्ष्मण अर्याल, सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई आशुतोष शर्मा, सहायक महाप्रबन्धक तथा अन्य एभरेष्ट बैंकका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरिएको थियो ।
कोषको रकम बाहेक, बैंकले हाल चलिरहेको महामारी विरुद्ध लड्नको लागि अरु विभिन्न संघसंस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेका छन् । यसका साथै, बैंकले यस महामारीको सुरुवती चरण देखि नै आफ्नो विभिन्न शाखाहरुमा भ्रमण गर्ने सम्पूर्ण ग्राहकहरुको सुरक्षामा उच्च ध्यान दिदैं आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी