×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिरो ब्यालेन्समा नेपाल टेलिकमको निःशुल्क सेवा, यस्ता छन् सेवाहरु…

LAXMI SUNRISE BANK

जिरो ब्यालेन्समा नेपाल टेलिकमको निःशुल्क सेवा, यस्ता छन् सेवाहरु…

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – नेपाल टेलिकमले आफ्नो ग्राहकहरुलाई विशेष सुविधा दिने भएका छन् । टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करिव दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने भएका छन् । यो सेवा राती १२ बजेबाट लागु भएको छ । 

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाको पहलमा टेलिकमले यस्तो सेवा दिन लागेको मन्त्रीका प्रेस संयोजक यमन पौडेलले जानकारी दिएका हुन् ।
ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ । सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी