- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एलआईसी नेपालले लकडाउन खुलेपछि मात्रै जीवन बिमाको प्रिमियम शुल्क तिरे हुने जनाएको छ ।कम्पनीले सरकारले लगाएको लकडाउनको अवधिमा बाहिर ननिस्किन र जीवन बिमाको प्रिमियम शुल्क तिर्नुपर्ने भए लकडाउन खुलेपछि मात्रै तिर्न आग्रह गरेको छ । लकडाउनपछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना नलाग्ने पनि कम्पनीले जनाएको छ ।