- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक लि. आज (चैत ७ गते) बाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएको यस बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकका अनुसार यो अवधिमा कम्पनीले आफूलाई मजबुत, विश्वास योग्य, सुशासनमा अब्बल, जोखिम व्यवस्थापनमा अग्र बैंकको रुपमा विकास गरेको छ । देशभर शाखा स्थापना गर्न सफल भएको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब १५ सय जनालाई रोजगारी प्रदान गरेको छ।
यससँगै, बैंकले आफ्ना असल प्रयासहरु आगामी दिनमा पनि निरन्तर रूपमा अगाडि बढाउने प्रतिवद्धता गरेको छ । साथै, यहाँसम्म आइपुग्न प्राप्त सहयोगका लागि नेपाल सरकार, नियमन निकाय, ग्राहक, शेयरधनीहरु लगायतलाई बैंकले आभार प्रकट गरेको छ ।