×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनासँग लड्न नेपाल एसबीआई बैंकले गर्यो १ करोड आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनासँग लड्न नेपाल एसबीआई बैंकले गर्यो १ करोड आर्थिक सहयोग

Artha Sarokar

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ । 
बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्य मन्त्री लालबावु राउत, वागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । 
बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख अविलम्ब उपलब्ध गराउने बैंकले जनाएको छ । यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी