
- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
कैलाली । नेपालको अग्रणी आर्थिक समाचार पोर्टल अर्थ सरोकार डटकमको सुदुरपश्चिम ब्युरो कार्यलय स्थापना भएको छ । कैलाली- ३ बिशालनगरमा ब्युरो कार्यालय स्थापना भएको हो । अब सुदुरपश्चिमका हरेक आर्थिक खबरहरुलाई अर्थ सरोकार डटकमले प्राथमिकताका साथ प्रकाशन / प्रशारण गर्नेछ । यो अर्थ सरोकारको पहिलो मोफसल ब्युरो हो । काठमाडौँको कोटेश्वरमा मुख्य कार्यालय रहेको अर्थ सरोकारले सुदुरपश्चिमका बिकास, बैंक तथा वित्तीय, बीमा क्षेत्रलगायतका समाचार प्राथमिकताका साथ प्रकाशन / प्रशारण गर्नेछ भने सुदुरपश्चिम बिशेष बैंकिङ बहस र बीमा बहसपनि आयोजना गर्दैछ । ब्युरोको संयोजकका रुपमा हरि जोशीलाई नियुक्त गरिएको छ।
‘सुदुरपश्चिम प्रदेशमा हुने हरेक आर्थिक गतिविधिमाथि हाम्रो ब्युरोले नजर राख्नेछ । भौगोलिक जटिलतालाई वा दुरीलाई दोष दिएर सधैं देशले पक्षपात गरेको सुदुरपश्चिमबाट नयाँ आर्थिक अभियान सुरु हुनेछ ।’ अर्थ सरोकार डटकमका प्रधान सम्पादक एवम् अध्यक्ष सुरज प्याकुरेलले भने, ‘हामी सुदुरलाई केन्द्रसँग जोड्ने प्रयासमा छौँ । छिट्टै नै सुदुरपश्चिम विशेष कार्यक्रम पनि दर्शक / स्रोता र पाठकमाझ पस्कनेछौँ ।’
अर्थ सरोकार रेडियो कार्यक्रमसमेत सुदुरपश्चिमका झन्डै २ दर्जन रेडियोहरुबाट प्रशारण भइरहेको छ । अर्थ सरोकारले छिट्टै सुदुरपश्चिमकै स्थानीय टेलिभिजनमा समेत कार्यक्रम प्रशारणको तयारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्