Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ जिज्ञासा वा समस्या भए सिधा सम्पर्क गर्न राष्ट्र बैंकको आग्रह, ग्राहकका समस्या सुन्न तीन अधिकारी तोकिए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लकडाउनका बेला बैङ्किङ सेवासम्बन्धी जिज्ञासा तथा सुझाव सुन्ने व्यवस्था गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन गरिएको लकडाउन र यसले बैङ्किङ कारोबार समेत प्रभावित भएको भन्दै राष्ट्र बैङ्कले समस्या भए आफ्ना अधिकारीहरुलाई टेलिफोन सम्पर्क गर्न भनेको हो ।
यसका लागि बैङ्कका तीन अधिकारीहरू तोकिएको छ । सर्वसाधारणहरुले समस्या परेको खण्डमा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल (९८५१२८२१४०), विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र (९८५१०७९७९३) र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न सक्नेछन् ।
बैङ्कमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्ने लगायत बैङ्किङ कारोबारसम्बन्धी सम्पूर्ण विषयहरुमा कुनै समस्या वा जिज्ञासा भए बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख ढकाललाई सम्पर्क गर्न राष्ट्र बैङ्कले भनेको छ । 
यस्तै विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र (एलसी) तथा विदेशी विनिमयसम्बन्धी सम्पूर्ण कारोबारका विषयमा विदेशी विनिमय विभागका प्रमुख मिश्र र मोबाइल तथा इन्टरनेट बैङ्किङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटटिएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल कारोबार सम्बन्धमा बुझ्नु पर्ने वा कुनै सुझाव दिनुपर्ने भए भुक्तानी प्रणाली विभागका प्रमुख नेपाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK