
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ब्राजिलले पनि लकडाउनका कारण नेपालमा छुटेका आफ्ना नागरिकलाइ स्वदेश फिर्ता लाग्ने भएक छ । नेपालस्थित ब्राजिलियन दूतावासको पहलमा नेपाल वायु सेवा निगमको ए ३२० विमान मंगलबार ३५ जना ब्राजिलियन नागरिकलाई लिएर दिल्ली जाने बताइएको छ । दिल्लीबाट उनीहरु कसरी ब्राजिल पुग्ने छन् भन्ने विस्तृत विवरण भने आएको छैन।
यसो त लकडाउनक अवधिभर विभिन्न मुलुकका झन्डै ४ हजार बढी नागरिक स्वदेश फिर्ता भएका छन् । कोरोना भाइरस (कोभिड-१९) महामारीका रुपमा फैलिएपछि नेपालले पनि देश लकडाउन गरेको थियो । सोही कारणले नेपाल घुम्न आएका विभिन्न मुलुकका नागरिक नेपालमै छुटेका हुन् । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि फ्रान्स, जर्मनी, बेलायत, अमेरिका तथा अस्ट्रेलियासहितका देशले नेपालमा रहेका आफ्ना नागरिक विमान चार्टर्ड गरेर स्वदेश लगेका हुन् । फ्रान्स तथा जर्मनीले चार्टर्ड गरेका विमान अरु युरोपेली देशका नागरिक पनि गएका थिए ।
लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तरराष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । चैत १० देखि २९ गतेसम्म २४ अन्तरराष्ट्रिय उडान भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्