Skip to content
LAXMI SUNRISE BANK

प्रभु पेले ल्यायो नयाँ सुविधा, अव विपन्न वर्गले पनि बारफोनबाट मोबाइल वालेट चलाउन पाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ ।
उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घर बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् ।
कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।
प्रदेश नं. ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो ।
जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
प्रयोग गर्ने तरीका
एनसेल सिम भएका साधारण फोन प्रयोगकर्ताले आरजी सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर जसलाइ (एम पिन )भनिन्छ ।
उक्त एम पिन लेखि ३१०४१ मा एसएमएस गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु–पेमा रजिष्र्टण्ड हुन्छ ।प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK