×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका समयमा चार हजार ४६ विदेशी स्वदेश फिर्ता, कुन देशका कति ?

LAXMI SUNRISE BANK

लकडाउनका समयमा चार हजार ४६ विदेशी स्वदेश फिर्ता, कुन देशका कति ?

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउनका अवधिमा चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी चार हजार ४६ जना नागरिक फिर्ता लगेका हुन् । अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधि कृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना चार हजार बढी नागरिक लागेका हुन् । 
सबैभन्दा बढी जर्मनका नागरिक फर्किएका छन् । जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ । फ्रान्सले पनि चैत १५ गते र चैत २२ गते दुई उडानमार्फत ६०८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । यस्तै अमेरिकाले पनि चैत १८ र चैत २३ गते दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिक लागेको छ भने बेलायतले चैत २६ र २८ गते दुई उडानमार्फत ५०० नागरिक लगेको हो । 
अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ । नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी चैत २८ गते १९३ नागरिक स्वदेश लगेको छ । क्यानाडाले कतार एयरवेजको चैत २९ गते जहाजमार्फत २०७ नागरिक लगेको छ । त्यस्तै चैत २२ गते मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने चैत २० गते नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी