×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सानिमा बैंकले गर्यो १० लाख सहयोग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सानिमा बैंकले गर्यो १० लाख सहयोग !

Artha Sarokar

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कास्की – गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सानिमा बैंक लिमिटेडले १० लाख प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 
मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । बैंकले सङ्घीय सरकारको कोरोना राहत कोषमा ५० लाख तथा देशका सात प्रदेश सरकारलाई १० लाखका दरले सहयोग गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी