- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोनाको त्रासका कारण देशभर लकडाउन गरिएको छ । तर धनगढीमा भने यहि मौका छोपेर जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडिकै सुनचाँदी पसलमा भएको चोरी भएको छ ।
गएराती प्रिया सुनचाँदी पसलमा भएको चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४५ बर्षीय पप्पु गुप्ता र उनका छोरा २० बर्षीय पवन गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार
चोर बाबु छोराले आफ्नो घरको छतमा रहेको पानी ट्याङकी भित्र चोरीका सामान लुकाएका थिए ।
उनीहरुमध्ये बाबुले सत्तारुढ नेकपा बनेको तत्कालीन पार्टीको टिशर्ट लगाएका छन् ।