
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको शव १० दिनसम्म पनि आफन्तले बुझेका छैनन् । घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक थापाको शव बुझ्न मानेका छैनन् । शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ ।
चैत १३ गते उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल आएका थापालाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । चैत २६ गते थापाको विशेष अस्पतालमा मृत्यु भएको भयो । कोरोनाको आशङ्का गरिएका थापाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
मृतककी श्रीमती रीता थापालाई योग्यताअनुसार रोजगारीको ग्यारेन्टी गर्ने र २ जना छोरालाई पढाइदिने प्रदेश सरकारले आश्वासन दिएको छ । तर २५ लाख रुपैयाँ क्षतिपूर्तिको मागभन्दा तल आफन्त नझरेकाले सहमति हुन नसकेको थापाको शव उठाउनको लागि सहजीकरण गरिरहनुभएका पूर्व सभासद तथा वरिष्ठ पत्रकार विनोद पहाडीले बताउनुभयो । पहाडीका अनुसार सहमतिको लागि मङ्गलबार (आज )पनि प्रयास हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्