
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मुक्तिनाथ विकास बैंकलेले जनकपुरधामका विपन्न परिवार राहत सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधामका १ सय ५० जनालाई राहत सामाग्री वितरण गरेको हो । बैंकले नेपाल सरकारले लागु गरेको देशव्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने उनीहरुलाई एक कार्यक्रमका बीच चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरेको हो ।
जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा उक्त कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले बताए ।
बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, D-MAT खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्