काठमाडौं – कुमारी बैंकले दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशत सम्मको आकर्षक छुटको सहमति भएको छ । कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी बैंकले छुटको सहमति भएको बैंकले जनाएको छ ।
सो सहमति पश्चात् कुमारी बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराजमार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।
लकडाउनको यस विषम परिस्थितिमापनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटलरअनलाइन बैकिङ सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।