काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा एशियन वार्षिक भुक्तानी जीवन बीमा योजना संचालनमा ल्याएको हो ।
विगत १२ वर्षदेखि निरन्तर रुपमा बीमा क्षेत्रमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको कम्पनी आजबाट १३ औ वर्षको प्रवेश गरेको हो ।
कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनीको रुपमा स्थापीत गर्नमा ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनी र नियमक निकाय बीमा समिति, धितोप बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय,सिडिएस एण्ड क्लियरिङ कम्पनीको ठुलो भुमिका रहेकोमा यी कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेको कम्पनीले जनाएको छ ।
हालसम्म कम्पनीले म्यादी, सावाधि तथा आजिवन बीमालेख सहित २१ वटा बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको छ । आजबाट संचालनमा ल्याएको एशियन वार्षिक भुक्तानी जीवन बीमा योजना अन्तर्गत बीमितले ५ प्रतिशतका दरलेबीमांक रकम फिर्ता पाउनुको साथै बीमा अवधि समाप्तीमा बाँकि बीमांक र आर्जित रकम बोनश एकमुष्ठ पाउने सुविधा ल्याएको छ ।
२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल २ अर्ब ९९ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले हालसम्म ५ लाख ४ हजारभन्दा बढी बीमाालेख विक्रीबाट आ.व ७६ ७७ को फागुन मसान्तसम्ममा कुल २१ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, कम्पनीको कुल लगानी २१ अर्ब रुपैयाँ छ भने जीवन बीमा कोषमा २० अर्ब रुपैयाँ रहेको छ । हालसम्म कम्पनीले १ सय ३६ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।
साथै कम्पनीले लकडाउनको समयमा बीमितको सेवालाई मध्यनजर गर्दै हाल भुक्तानी गर्नु पर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने, बैशाख मसान्तसम्ममा बीमा शुल्क भुक्तानीमा व्याज नलाग्ने लगायतका विभिन्न व्यवस्था गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्