×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथामका लागि प्रभू बैंकले गर्यो १ करोड १ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना रोकथामका लागि प्रभू बैंकले गर्यो १ करोड १ लाख आर्थिक सहयोग

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । चैत २० गते प्रभू बैंकका प्रमुख कार्यकारी अधिृकत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई कोरोना कोषमा प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 
सो अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति थियो । प्रभु बैंकले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा आप्mनो उपस्थिति जनाउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी