काठमाडौं । लकडाउनको समयमा मेगा बैंकले विभिन्न स्थानका शाखाहरुबाट बैंकिङ सेवा दिँदै आएको छ । बुधबार (आज) पनि बैंकले देशभरका ४० वटा शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा सुविधा दिने भएको छ ।
बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटै प्रदेशको विभिन्न शाखा कार्यालयहरु खोल्ने भएको छ । जसमध्ये ग्राहकले आफुलाई पायक पर्ने शाखामा गई तथा उक्त शाखाका प्रमुखलाई निम्न नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।