×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसविरुद्ध नेपाल सरकारको अभियानमा सिद्धार्थ बैंकद्धारा हरेक प्रदेशलाई १० लाख आर्थिक सहयोग (फोटो फिचरसहित)

PRIME CA

कोरोना भाइरसविरुद्ध नेपाल सरकारको अभियानमा सिद्धार्थ बैंकद्धारा हरेक प्रदेशलाई १० लाख आर्थिक सहयोग (फोटो फिचरसहित)

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले रु ७० लाख सहयोग गरेको छ । 
कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । सिद्धार्थ बैंक लिमिटेडले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु १० लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । 
देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको छ र बिभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । नेपाल सरकारले अनुराध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने बिश्वमा देखिएको यस बिशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रबिधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरुसमक्ष आग्रह गरको छ । 



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: