×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित युवकसँग Exclusive कुराकानी: ‘मेरो स्थिति सामान्य छ, तर तातो पानी र औषधि छैन…’

LAXMI SUNRISE BANK

कोरोना संक्रमित युवकसँग Exclusive कुराकानी: ‘मेरो स्थिति सामान्य छ, तर तातो पानी र औषधि छैन…’

१५ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी – विश्वभर कोरोना भाइरसको प्रकोपको त्रास छ । यहि बेला धनगढीका एक युवकमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । के छ त उनको ताजा अवस्था । उनीसँग हाम्रो टिमका एक सदस्यले कुराकानी गरेका छन् । 
१. अहिले तपाईंको स्थिति के छ ? स्वास्थ्य अवस्था कस्तो छ ?
अहिले स्वास्थ्यस्थिति सामान्य छ । आराम गरिरहेको छु ।
२. अस्पतालको अवस्था ठिक छ नि ? नियमित चेकजाँच भइरहेको छ नि ?
अहँ ! मलाई एक्लै राखेदेखि चेकजाँच गर्न कोहि आएको छैन ।
३. औसधि खाइरहनुभएको छ ?
छैन । मलाई कुनै पनि औसधि दिइएको छैन ।
४. तातोपानी त पीइरहनुभएको होला नि ?
छैन । यहाँ तातोपानीको व्यवस्था रहेनछ । चीसो पानी खाइरहेको छु ।
५. अस्पतालमा बस्ने ठाउँ ठिक छ नि ?
मलाई अस्पतालको शवदाह छेउमै रहेको कक्षमा राखिएको छ । म एक्लै छु ।

६. दुबइबाट कहिले आउनुभयो ?
चैत ७ गते विहान ७ बजे दिल्ली पुगेको थिएँ । दिल्लीबाट साँझ ४ बजे काठमाडौं पुगें । काठमाडौँबाट सिधै धन गढी आउन टिकट पाइन । त्यहि भएर नेपालगंजको टिकट काटें । नेपालगञ्ज विमानस्थलदेखि कोहलपुरसम्म विद्युतीय रिक्सामा पुगें। कोहलपुरबाट माइक्रोमा चढेर अत्तरियासम्म पुगे। अत्तरियाबाट बस चढेर धनगढी पुगेको थिएँ। 
७. काठमाडौँमा लिन को आएको थियो ?
मामाको छोरा लिन आउनुभएको थियो । 
८. मामाघरमा को को हुनुहुन्थ्यो ?
घरमा माइजु मात्र हुनुहुन्थ्यो । म मामाघरमा अलग्गै कोठामा बसेको थिए।
९. यस्तो बेला किन नेपाल आउनुभएको ?
कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहेकोले कम्पनीले नै एक महिना बिदा दिएर घर पठाएको हो ।
१०. स्वास्थ्य अवस्था कहिलेदेखि बिग्रिएको हो ?
कम्पनीमा काम गर्दा एसीमै बस्नुपर्ने थियो । त्यसैले रुघाखोकी प्राय लागिरहने गरेको थियो। धनगढी पुगेपछि सामान्य रुघाखोकी लाग्यो । श्रीमतीको सुझाव अनुसार जांच गरेको थिएँ । ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएँ। शुक्रबार ममा कोरोना भाइरस भएको पुष्टि भएपछि अहिले मलाई अस्पतालमा छु ।
११. अन्त्यमा,
मेरो स्वास्थ्य अवस्था ठिक छ । सबैलाई घरमै बस्न आग्रह गर्छु । विदेशबाट आएकाले जचाउनुहोला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी