- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जेठको पहिलो साता गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको पूर्व तयारी शुरु भइसकेकाले जेठको पहिलो साता समीक्षा सार्वजनिक गर्ने तयारी भएको जनाएको हो ।
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले चैत मसान्तसम्मको तथ्यांक संकलन भइसकेको छ सुझावसमेत लिने क्रम जारी रहेकाले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पहिलो साता गरिने बताए ।
कोरोनाले प्रवाहित बनेका ऋणीलाई र बैंकिङ क्षेत्रलाई दिनुपर्ने सहुलियत यसअघिनै असार मसान्तसम्म नै नितरन्तरता दिइएकाले दोस्रो प्याकेजको रुपमा अहिले सम्बोधन नहुने पनि बताइएको छ ।