- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । बुधबारको तुलनामा नेप्से १२.४७ अंकले घटेर २६३७.१३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको भएको छ । यस कम्पनीको ४६ करोड ७४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एनसीसी बैंक र लक्ष्मी बैंकको भएको छ । आज ३ वटा समूहबाहेकका अन्य सबै समूह घटेका छन् ।
यस्तै आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने बिशाल बजारका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।