×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको दुई नयाँ खाता सञ्चालनमा, यस्ता छन् सुबिधाहरु

LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको दुई नयाँ खाता सञ्चालनमा, यस्ता छन् सुबिधाहरु

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकले दुई नयाँ खाता सञ्चालनमा ल्याएको छ । बैंकले ‘सिटिजन्स संरक्षित बचत खाता’ र ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको हो । 
बैंकले संरक्षित बचत खाता सर्वसाधारणका लागि र तलब बचत खाता पेशाकर्मीहरुका लागि सञ्चालनमा ल्याएको जनाएको छ । संरक्षित बचत खाता पाँच हजारमा खोल्न सकिने बैंकले जनाएको छ । जसमा दैनिक मौज्दातमा वार्षिक ६।५० प्रतिशतको ब्याजदर कायम गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ प्राप्तगर्न सक्ने बैंकले जनाएको छ । उक्त योजनामा संलग्नहुने ग्राहकहरूका निम्ति ५० हजार रुपैयाँको स्वास्थ्य बीमा र ५ लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा गरिएको जनाइएको छ । सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।
यस्तै, तलब बचत खाता सित्तैमा खोल्न सकिने र दैनिक मौज्दातमा वार्षिक ६।५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । उक्त खाता कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति २५ हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र ३ लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा उपलब्ध रहेको बैंकले जनाएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट सेवा दिदै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी