×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि सेयर कारोबार ५ घण्टा हुने, सेयर बजारको अवस्था कस्तो होला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आजदेखि सेयर कारोबार ५ घण्टा हुने, सेयर बजारको अवस्था कस्तो होला ?

Artha Sarokar

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आजबाट सेयर कारोबार ५ घण्टा खुल्ला हुने भएको छ। आइतबारबाट ११ बजेबाट ४ बजेसम्म सेयर कारोबार हुने भएको हो। यसअघि दैनिक ४ घन्टा अर्थात बिहान ११ बजेदखि दिउँसो ३ बजेसम्म दैनिक ४ घन्टा सेयर कारोबार हुँदै आएको थियो । अब प्रत्येक दिन (आइतबारदेखि बिहीबारसम्म) १ घन्टा थपेर ५ घन्टा पुर्याइएको हो । 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि परिक्षणका लागि भन्दै सेयर कारोबार समयावधी थप गरिएको जानकारी गराएको हो। नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चैत २ गते आइतबारदेखि कारोबार समय थप्ने निर्णय गरेको हो । जसबाट सेयर कारोबार रकममा थप वृद्धि हुने बताइएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी