×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो ‘क्रमिक मुद्दती खाता योजना’ सार्वजनिक, ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो ‘क्रमिक मुद्दती खाता योजना’ सार्वजनिक, ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने

Artha Sarokar

२९ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता ” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात ५ सय रुपैयाँबाट सुरु गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् ।
यस मुद्दती योजना अन्तर्गत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् साथै यस योजना अन्तर्गत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी गराएको छ । यस योजनाबाट ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । 
बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी