×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा लाग्यो दोस्रो सर्किट : कारोबार ४० मिनेटका लागि स्थगित, सबै उपसूचकहरु राताम्य…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा लाग्यो दोस्रो सर्किट : कारोबार ४० मिनेटका लागि स्थगित, सबै उपसूचकहरु राताम्य…!

Artha Sarokar

२७ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेयर बजारमा पुनः दोश्रो सर्किट लागेको छ । मंगलबार पहिलो सर्किट लागेर २० मिनेटका लागि स्थगित भएको कारोबार पुनः सुरु भएको ११ मिनेटमै नेप्से परिसूचकमा ५.०२ प्रतिशतको गिरावट आएपछि पुनः दोश्रो सर्किट लागेको हो ।

नेप्सेमा दोश्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । ४० मिनेटपछि खुल्ने सेयर बजारमा ६ प्रतिशतले घटेमा आज दिनभरको कारोबार गर्न पाइनेछैन। अर्थात कारोबार स्थगित हुनेछ। 
मंगलबारको कारोबारमा दोस्रो सर्किट लाग्दासम्म सबै समूहका उपसूचकहरु राताम्य देखिएका छन्। दोस्रो सर्किट लागेसँगै नेप्से ७२.०३ अंकले घटेर १३६३।६६ को विन्दूमा कायम भएको छ। कारोबार रकम भने ९१ करोड ८० लाख बढी रहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी