Skip to content
LAXMI SUNRISE BANK

अस्ट्रेलिया र दुबई पठाउँछु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

अर्थ सरोकार

काठमाडौैं । अस्ट्रेलिया र दुबई पठाउँछु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङलाइ पक्राउ गरेको हो। 
शाहले सप्तरी र धनुषाका ३२ जना युवाहरुलाई दुबई पठाईदिने भन्दै प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएर ठगि गरेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए। तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको बोगटीको भनाइ छ । 
दुवै जनामाथि मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्ने जनाइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK