
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अन्तत: मनपरी ब्याज बढाउने एनआइसी एशिया बैंकले ब्याजदर बढाएको ‘दादागिरी निर्णय’ फिर्ता लिएको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा बोकेर नीजी स्तरको नम्बर १ बैंक बन्ने दौडमा रहेको यस बैंकले कोरोना महामारीका बेला ऋणीहरुबाट लघुवित्त वा सहकारीले लिने भन्दा महँगो ब्याज असुली गरिरहेको पाइएको थियो ।

यसबारे अर्थ सरोकारसहित विभिन्न संचारमाध्यमले समाचार प्रकाशन गरेपछि बैंकले प्राविधिक गल्तीका कारण यस्तो हुन भएको बाहाना बनाउँदै क्षमा याचना गरेको छ । बैंकको बिराटनगर शाखा कार्यलयबाट ऋणीलाई गरिएको पत्रचारमा प्राविधिक गडबडीले गर्दा सहकारीको भन्दा बढी ब्याजदर उल्लेख भएको बैंकले जनाएको छ ।
भएको के थियो ?अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाण अनुसार एनआईसी एसिया बैंकले आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गरेको पाइएको थियो ।

यता यसरी ऋणको भारी बोक्नै नसक्ने गरी ब्याज ठटाउने बैंकका विराटनगर शाखाका प्रमुख सञ्जिवकुमार दाहालले आफ्नो ऋणीलाई ब्याजदर बढेको भनेर पत्राचार गरेको र सो काम माथिकै आदेशबाट भएको बताएका थिए । केहि समय अघि पनि एनआइसी एशिया बैंकको प्रदेश नम्बर १ शाखामा बैंकको हदैसम्मको लापरवाही बाहिरिएको थियो ।यता नेपाल राष्ट्र बैंक सो बैंकसँग जवाफ मागिएको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्