×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १७ गतेदेखि मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाखको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असार १७ गतेदेखि मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाखको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्ने !

Artha Sarokar

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री गर्ने भएको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने कम्पनीको आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिनेछ। आईपीओमा अनलाईनमार्फत मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।   
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी