काठमाडौं – एनआइसी एशियाका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने भएका छन् । यस बैंकका ग्राहकलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ ।
साथै, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।
बैंकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्