×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले ल्यायो ‘गुडलक सेभिङ निक्षेप योजना’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार

PRIME CA

प्रभु बैंकले ल्यायो ‘गुडलक सेभिङ निक्षेप योजना’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौं – प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित उक्त योजना ल्याएको हो ।
शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ ।
यस योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।
खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरु मै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्तै आइपिओएस, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: