×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज्बीच समझौता, बैंकका ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज्बीच समझौता, बैंकका ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने

Artha Sarokar

१५ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंकका ग्राहकले काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धि एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच एमओयूमा हस्ताक्षर भएको छ ।
सम्झौता भएसँगै एभरेष्ट बैंकका ग्राहकहरुले काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्डमा सो मात्राको छुट पाउने छन् । यी दुबै पाँच तारे होटल हुन् ।
यससँगै एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ । ले 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी