काठमाडौं – नेपालकै पहिलो रियाली शो नेपाल स्टारको बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा सिद्धार्थ बैंक बनेको हो ।
बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्वबद्धता जनाएका छन् ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । साथै, यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले उल्लेख गरे ।
नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले जानकारी दिएका छन् । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरी उत्पादन र प्रशारण गरिने कार्यक्रम नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयास भएको छ ।
स्पष्ट र बुलन्द आवाजमा फुल एचडीमा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ र्बैकलाई स्वागत गर्न पाउदा नेपाल टेलिभिजन गौरवान्वित भएको र सधै यस्ता कार्यक्रममा यस र्बैकलाई सदैव स्वागत गर्ने नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले बताए ।
यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको र यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्ने उनले बताए । सिद्धार्थ र्बैक सदैव यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरुमा साथ दिन तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले जानकारी दिए ।
गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक संगीतकार आलोकश्रीले गर्ने बताए । आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै यस महान अभियानमा बरिष्ठ गायक गायिक क्रमश रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजी गर्नेछ ।
नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गर्ने गायक अन्जु पन्तले बताइन् । यो कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुने र यही प्रयासस्वरुप आफु लागि परेको गायक रामकृष्ण ढकालले भने ।
कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष , बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो
सिद्धार्थ बैक सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्