काठमाडौं – बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँग २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो ।
“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् । बैंकका अनुसार उक्त बचत खातामा उच्चतम ब्याजदरको व्यवस्थासहित थुप्रै निःशुल्क सुविधाहरु रहेका छन्। उक्त बचत खाताका विशेषताहरुमा वार्षिक ६ प्रतिशत ब्याजदर, न्यूनतम मौज्दात २५ रुपैयाँ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुविधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको व्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको व्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग व्यवस्थालगायत रहेका छन्।
हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्