×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकद्धारा फोहोर व्यवस्थापनको लागि डस्टबिन वितरण

PRIME CA

कैलाश विकास बैंकद्धारा फोहोर व्यवस्थापनको लागि डस्टबिन वितरण

२ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कैलाश विकास बैंकले पोखरा म.न.पा. वडा नं. १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टबिन वितरण गरेको छ ।
वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सो सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
फाल्गुन १ गते विहिबार एक कार्यक्रमका बीच बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । टोल विकास संस्थाका अध्यक्षले बैंकले गरेको सहयोगको प्रसंशा गर्दै टोललाई सफा राख्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकले हालसम्म देशमा १०२ ओटा शाखा र ४१ ओटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । उक्त बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंकसंग एक्विजिसन भई “क” वर्गको बैंक बाट बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: