काठमाडौँ – सिद्धार्थ ईन्स्योरेन्स र सिप्रदि ट्रेडिङ्ग प्रा.लि. बीचमा वीमितहरुलाई नगदरहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार सिप्रदि ट्रेडिङ्गले विक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा वीमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदि ट्रेडिङ्ग प्रा.लि.को नेपाल भरीका कुनै पनि आधिकारिक वर्कशपमा मर्मत सम्भार गर्दा वीमितहरुले वीमालेखको रक्षावरणसम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ ।
सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदि ट्रेडिङ्ग प्रा.लि.का तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौतावाट वीमितले झन्झट रहित र प्रभावकारी वीमा दावीको सेवा प्राप्त गर्न सक्ने कम्पनी विश्वास गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्