×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका ग्राहकले होटल अन्नपूर्णमा १५% सम्मको छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकका ग्राहकले होटल अन्नपूर्णमा १५% सम्मको छुट पाउने

Artha Sarokar

२२ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज्, तथा पोखरा स्थित फिस्टेल लजमा फुड, वेभरेज एण्ड बेकरी आईटम जस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन्।
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी