नेपालगञ्ज– सिद्धार्थ बैंकले यही माघ २१ गतेबाट बाँकेको नेपालगञ्जस्थित न्यूरोड शाखा र बी.पी. चोक शाखा संचालनमा ल्याएको छ ।
बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियो ।
त्यसैगरी बी.पी. चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियो। बैंकले शाखाबाट कारोबार सुरु गरिसकेको छ ।