काठमाडौं – अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पाेखरामा सम्पन्न भएको छ । लेक साइड पोखरामा भएको उक्त तीन दिने कार्यक्रममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाको वारेमा प्रकाश पारे भने अजोड इन्स्योरेन्सका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रष्ट्याएका थिए ।
यस इन्स्योरेन्सको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए । केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहनकिरणको कार्य गरेकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्