काठमाडौं – ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ । रेमिट सेवालाई ग्राहकको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ।
सम्झौतापत्रमा ज्योति विकास बैंककातर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जीएमई रेमिटकोतर्फबाट जीएमई रेमिटका सिओओ प्रमोदसिंह बस्नेतले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपाल भरी जीएमईका कुनै पनि एजेन्टबाट भुक्तानी लिन सकिनेछ।जीएमईको नेपाल भर रहेका ७५०० भन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरु मार्फत ज्योति रेमिटको सेवाग्राहक वर्गहरुले प्राप्त गर्नेछन्।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै, यस आर्थिक बर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई २८ अर्ब रुपैयाँ भन्दा बढि लगानी गर्न सफल भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्