काठमाडाैं – कैलाश विकास बैंकले ललितपुरको धापाखेलमा आफ्नो १०१ औँ शाखा स्थापना गरी पौष १० गते बिहीबार देखि कारोवार शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका छन् ।
नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन् । बैकको एटिएम संख्या ४० पुगेको छ ।
बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंक लिमिटेडसंग समाहित (एक्युजिसन) हुन र आ.ब. २०७५।७६ को वितरण योग्य मुनाफाबाट शेयरधनिहरुलाई १६ प्रतिशत बोनश शेयर र २.७७ प्रतिशत नगद लाभांश गरी कुल १८.७७ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित गर्न यहि पौष २५ गते शुक्रबार २६ औ वार्षिक साधारणसभा आब्हान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रहेको छ । यस बैंकले हाल सम्म ३३ अर्व ६९ करोड निक्षेप संकलन गरी २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्