×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दीपुरको डुम्रेमा गरिमा विकास बैंकको नयाँ शाखा विस्तार, गाउँपालिकाका अध्यक्ष थापाद्वारा उद्घाटन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बन्दीपुरको डुम्रेमा गरिमा विकास बैंकको नयाँ शाखा विस्तार, गाउँपालिकाका अध्यक्ष थापाद्वारा उद्घाटन !

Artha Sarokar

८ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बन्दीपुरकाठमाडौं – गरिमा विकास बैंकले सोमबार बन्दीपुरमा डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले गरेका हुन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए ।
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले पौष ६ गतेसम्म ३६ अर्ब ७५ करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी