
काठमाडौँ – टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ । ‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’ मिडियाले छिट्टै प्रशारण गर्न लागेको कार्यक्रमको आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । ‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन् । कार्यक्रमको निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् ।
बाँकी २ निर्णायक पछि चयन गरिने बताइएको छ । कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाईलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिए । प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ ।
‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दावी छ । पत्रकार सम्मेलनमा निर्णायकत्रय भट्टराई, कार्की र मिश्रले नेपाली समाज र पछिल्लो पुस्ताले खोजेको र रोजेको ‘लिडर’ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्