×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ५ कम्पनीको १४ करोड २१ लाख २३ हजार ०१९.६३ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा ५ कम्पनीको १४ करोड २१ लाख २३ हजार ०१९.६३ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

Artha Sarokar

१८ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ कम्पनीको १४ करोड २१ लाख २३ हजार ०१९.६३ कित्ता सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, सिटिजन इन्भेष्टमेन्ट कोष र एनएमबि ५० को सेयर सुचिकृत भएको हो । 
नेप्सेमा सबै भन्दा बढी सेयर सुचिकृत हुनेमा एनएमबि ५० रहेको छ । एनएमबि ५० को १२ करोड ५० लाख कित्ता सुचिकृत भएको हो । त्यसपछि माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सेयर र ३० लाख कित्ता ऋणपत्र, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद सेयर, सिटिजन इन्भेष्टमेन्ट कोषको २४ लाख २५ हजार १७४.६४ कित्ता बोनस सेयर र एनआइसी एसिया बैंकको १९ लाख ४३ हजार ६९८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।
नेप्सेमा सूचिकृत भएको माछापुच्छ्रे बैंक र एनआइसी एसिया बैंकको ऋणपत्रमा १०.२५ प्रतिशत ब्याजदर रहेको छ । साथै, सुचिकृत भएको बोनस सेयरको कारोबार बिहिबारदेखि गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी