×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

PRIME CA

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

५ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबाट जारी गरिएका कार्ड एक अर्काको एटीएममा चलाउँदा शुल्क नलाग्ने भएको छ । बैंकले मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाको लागि उक्त सेवा दिएको हो ।
यी दुई एक आपसमा मर्जरमा जाने सम्बन्धि प्रस्ताव गत मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाले पारित गरिसकेको छ । मर्जर पश्चातग् लोबल आईएमइ बैक लिमिटेडको नामबाटएकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ ।
मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैकको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भइरहेको छ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चात बन्ने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब, ९४ अर्ब रुपैयाँ भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: