काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा सो मात्राको छुट पाउने भएका हुन् ।
उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यस सांग्रिला बैंकले ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ् हस्पिटालिटीको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्