×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने पक्राउ

२३ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा सीको भ्रमणको तयारीलाई बिथोल्ने गतिविधि गरेको भन्दैगोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । 
प्रहरीले यसअघि पनि सीको स्वागतमा भइरहेको तयारी विथोल्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सामान्य सोधपुछ गरी छाडेको थियो ।
सी आगामी शनिबार नेपाल भ्रमणमा आउने भएका हुन् । सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी