काठमाडौँ – दशैँको विदामा नविल बैंकका १६ वटा शाखा खुल्ला हुने भएका छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका १६ वटा शाखा कार्यालय खुल्ला हुने भएका हुन् । बैंकका उक्त शाखाहरु दिउँसो १० बजेदेखि १ बजेसम्म खुल्ला हुनेछन् ।