×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले जोखिमयुक्त घोषणा गरेका १४ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

PRIME CA

धितोपत्र बोर्डले जोखिमयुक्त घोषणा गरेका १४ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार सेयर बजार ७९ अंकको बढीको उछाल आएको छ । गत मंगलबार धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि निरन्तर घटिरहेको बजारले आज गति लिएसंगै ७८ अंकको बढीको उछाल आएको हो । आज बजार ७९.४४ अंकले बढेर २९१३.८४ विन्दुमा बन्द भएको छ ।
आज बोर्डले जोखिमयुक्त घोषणा गरेका ३३ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । ३३ मध्ये ५ कम्पनीको भाउ १०% ले वृद्धि भएको छ । बाँकी कम्पनीको ९% भन्दा माथि सेयर भाउ बढेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर भाउ १०% ले बढेको छ । 
अन्य जोखिमयुक्त सूचीमा रहेका अन्य १३ कम्पनीको भाउ पनि ९% भन्दा धेरै बढेको छ । वरुण हाइड्रोपावर, राधी विद्युत, युनियन हाइड्रोपावर, लिबर्टी इनर्जी र दिव्यश्वरी हाइड्रोपावर, समृद्धि फाइनान्स, हिमालयन उर्जा, सिनर्जी पावर, छ्याङ्दी, आँखुखोला जलविद्युत, माउन्टेन र नेसनल हाइड्रोपावरको भाउ ९% भन्दा धेरै बढेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: